अगुवा सचेत हुनुपर्दछ
(a Leaders Has to Be Aware)
अहिलेको समयमा, अगुवा यी निम्न कुराहरूमा सचेत हुनुपर्दछ :
आफ्नो उद्देश्य र सीपहरूको
आफ्ना कमजोरीहरूको
आफ्नो वरिपरिको आवश्यकताहरूको
आफ्नो टिमको सामर्थ्यको
परमेश्वरको निर्देशनको
अगुवापनका मागहरूको
उपलब्ध भएका स्रोतहरूको
उपलब्ध भएका सहकर्मीहरूको
परमेश्वरको सहभागिताको
सहकर्मीका अपेक्षाहरूको
प्रार्थना शक्तिको
सफलताका मर्मको
संसारलाई एक्लैले परिवर्तन गर्न सकिन्छ भनी काम गर्न कोसिस गर्ने दिनहरू गइसके ! यदि कोसिस गरेर सम्भव छ वा गर्न आवश्यक छ भने त्यसका निम्ति अरू धेरै मानिस र स्रोतसाधनहरू उपलब्ध छन् ।
यो काम पूरा गर्नका निम्ति एक अगुवाले माथी सबै कुराहरूमा सचेत रहनुपर्दछ, साथै अरू धेरै विषयमा पनि । सर्वप्रथमतः उ आप्mनै बारेमा, उसको उद्देश्य, उसको उत्प्रेरणा र उसका सीपहरू… र उसको वरिपरिमा भएकाहरूका विषयमा ।
सचेतनाभित्र धेरै कुराहरू पर्दछन्, तर सबैभन्दा पहिला उसको वास्तविक रूचि र चासोका साथै मनबाटै ध्यान दिने कुराहरू पर्दछन् । तपाईंले यी कुराहरूको वास्ता राख्नुपर्दछ । अनि तपाईंको मन पनि त्यहीं हुनुपर्छ ।
प्रभावकारी अगुवापनका २६ वटा गुणहरूका बारेमा यस गुणबाट अध्ययन शुरू गर्नु अति असल हुन्छ । किनकि बाँकी सबै अगुवापनका विषयलाई जीवन दिने काम यसैले गर्दछ ।
वचनबाट पाठ : नहेम्याह
हकल्याहका छोरा नहेम्याहको विवरण : बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ, तब मेरा दाजुहरूमध्येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे । मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूका विषयमा तिनीहरूसित सोधपूछ गरें । तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दुःख र निन्दा सहनुपरिरहेको छ । यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगाले नष्ट पारिएका छन् ।”
यो समाचार सुनेपछि बसेर म रोएँ । म केही दिनसम्म विलाप गर्दैरहे, र उपवास बसें अनि स्वर्गका परमेश्वसरसित प्रार्थना गरें ।
(नहेम्याह १: १–४)
नहेम्याहले यहाँ एक गम्भीर प्रश्न गरे, “तिमीहरूलाई कस्तो छ ?” र तिनीहरूको जवाफ उनले ध्यानसित सुने । “येरूशलेममा के भइरहेको छ” भनी उनले सोधे, जहाँ केही यहुदीहरूले कैदको समय बिताएका थिए । उनले सोध्ने मात्र ईच्छा गरेनन् तर जान्न चाहन्थे, त्यसैले उनले तिनको जवाफ पनि राम्रोसँग सुने ।
उनको प्रतिक्रिया हृदयबाट थियो । उनले विलाप गरे, र प्रार्थना गरे ।
अनि प्रार्थनाको समयले परमेश्वरलाई जवाफ दिने समय मिल्यो । उनले ध्यानसित सुने । अनि काम पनि शुरू गरे ।
फलस्वरूप उनी परमेश्वरको कामका निम्ति एक अगुवा भए र येरूशलेममा गए, अनि मानिसलाई सहायता गरे, शहरको पर्खाल पुनर्निर्माण गर्ने कामको दर्शन पक्रन सिकाए ।
यस कामले मानिसमा एकता ल्यायो । विश्वासको नवीकरण गर्यो । शत्रुहरूलाई पर धपायो । साथै यसैको परिणामस्वरूप परमेश्वरको शहरको पर्खाल पुनर्निर्माण भयो ।
यी सबै कुराको यसकारणले सम्भव भए किनभने उनी आफ्ना कार्यमा अगाडि बढ्नुभन्दा पहिला सचेत थिए ।
सचेत बन्नाले असल अगुवालाई कसरी प्रभाव पार्दछ ?
इतिहासभरि नै मानिसहरूले परमेश्वरलाई “के तपाईं त्यहाँ हुनुहुन्छ ?” वा “के तपाईं मेरो अवस्थाका बारे सचेत हुनुहुन्छ ?” वा “के तपाईं वास्ता गर्नुहुन्छ ?” भनी सोधेका छन् । जब उहाँले यी प्रश्नहरूको “हो, म छु” भनी जवाफ दिनुहुन्छ र आफ्नो उपस्थितिको प्रमाण दिनुहुन्छ, तब हामी ढुक्कसँग जिउन सक्छौँ ।
यसरी नै आफ्ना अनुयायी, सहकर्मी र साझेदारहरूले आफ्ना अगुवाहरूलाई सोधेका छन् :
“यो काममा कति कष्ट छ भन्ने कुरामा के तपाईं सचेत हुनुहुन्छ ?”
“के तपाईं सबै आवश्यकताहरूका बारेमा सचेत हुनुहुन्छ ? ताकि ठीक आवश्यकता पूरा गर्न तपाईंले उचित कदम चाल्न सक्नुभएको होस् ।”
“के तपाईं मेरो र मेरा मामिलाहरूको वास्ता गर्नुहुन्छ ?”
“के तपाईं हाम्रो समर्पणता र सक्षमताहरूको विषयमा सचेत हुनुहुन्छ ?”
सबैसँग केही गर्ने दर्शन हुन्छ । के तपाईंलाई आफ्ना सह–कर्मीहरू, दाताहरु, र सहयोगीहरू के विषयको वास्ता गर्दछन् भन्ने थाहा छ ? के तपाईं अझै पनि तिनीहरूको आशाहरू र सपनाहरूको विषयमा सचेत हुनुहुन्छ ?
यदि तपाईंले मानिसहरूका आवश्यकता वा चाहना के–के छन् भन्ने बारेमा जान्न समय निकाल्नु भएन भने, तपाईं तिनीहरूलाई निर्देशित गर्न, लक्ष्य निर्धारण गर्न र ती आवश्यकताहरूको प्रतिक्रिया दिने काममा कसरी निर्णय गर्न सक्नुहुन्छ ?
तपाईं गलत मनसायले, परमेश्वरको नभई, आफ्नो चाहना पूरा गर्न अगाडि बढ्नुहोला । त्यस्तो काम असल भए पनि व्यर्थको हुनेछ !
अरूले दिएको सल्लाह र सुझावहरूद्वारा हामीसँग बोल्ने परमेश्वरको अद्भूत तरिका छ । हाम्रा वरिपरि भएका मानिसहरूद्वारा उहाँ के भन्दै हुनुहुन्छ भनी सुन्यौं भने मात्र परमेश्वरले हामीलाई निर्देशित गर्न सक्नुहुन्छ ।
ब्यबहारिक कदमहरू
१. भन्नेभन्दा सोध्ने काम गर्न सिक्नुहोस् :
नयाँ कुरा पत्ता लागाउने कला प्रश्न सोध्ने कलासँग सम्वन्धित छ । आफ्नो सामाजिक क्रियाकलापको अभ्यास गर्दा मानिसहरूलाई उनीहरूको जीवन र विचारहरूका बारेमा सोधेर बिताउनुहोस् । प्रश्न सोध्न सिक्नुहोस र उनीहरूको जवाफबाटै अर्का प्रश्न निर्देशित गर्न दिनुहोस् ।
२. बोल्नेभन्दा सुन्न अभ्यास गर्नुहोस् :
तपाईंले जे सुनेको ठान्नुभयो, त्यो आफ्ना साथीहरूलाई फेरि बताउने कोसिस गर्नुहोस् । सचेत रहनुहोस्, कि उनीहरूले वताएका सबै कुराहरू तपाईंले बुझ्नुभयो या भएन वा तपाईंले सबै कुरा नसुनेको पनि हुन सक्छ । हामीलाई अल्मल्याउने यति धेरै कुराहरू हुन्छन् कि हामी कतिपटक त उसले आफ्नो कुरा राख्नुभन्दा पनि पहिला मैले के जवाफ दिने होला भनेर हामीले विचार गरिसकेका हुनेछौं ।
३. तपाईंले के सुन्नुभयो र यसले अरूलाई के प्रभाव पार्यो भनी विचार गर्न समय बिताउनुहोस् ।
आफूले जवाफ दिनु अघि, एक छिन विचार गर्नुहोस् । नहेम्याहले आपूmले सुनेका विषयमा प्रार्थना र विलापमा दिनहरू विताएका थिए । यसै कामले परमेश्वरबाट निर्देशित हुने समय दिए । उनीले आफ्नै विचार वा योजनामा अघि बढेनन्, उनले परमेश्वरबाट सुने र उहाँका कामका निम्ति एक अगुवा भए । कुनै पनि परिस्थिति आइपर्दा तुरून्तै प्रतिक्रिया जनाउनुपर्छ भन्ने छैन, … तर परमेश्वरको अगुवाईप्रति सचेत रहनु ।