२. अगुवा साहसी हुनुपर्दछ
के तपाईं निर्णय नै गर्न नसक्ने अगुवासँग कहिल्यै पर्नुभएको छ ? अथवा यस्तो अगुवासँग जो अगाडि बढ्न डराउँछ ?
आफै कता जाँदै छु, वा किन यो काम गर्दै छु, वा कसरी गर्न गइरहेको छु भन्ने कुरा नै थाहा नभएको अगुवाको पछि के तपाईं लाग्नुहुन्छ ? के तपाईं डर र निरूत्साहले भरिएको अगुवालाई रूचाउनुहुन्छ ?
एक साहसी एवं निडर अगुवा, र एक घमण्डी एवं अहङ्कारी अगुवाका बीचमा चाहिँ स्पष्ट भिन्नता छ । यहाँ एक मुख्य भिन्नता भनेको सफलता र असफलताको हो ।
ईश्वरीय साहस र निडरपनाका साथ परमेश्वरको अगुवाइमा आवश्यक निर्णयहरू गर्ने र हरेक निर्णय प्रति पूर्ण जिम्मेवार भई नेतृत्व प्रदान गर्नु नै आफ्नो संस्था वा सेवकाइका निम्ति अर्थपूर्ण अगुवापन हुन्छ ।
मानिसहरूले भरोसा गर्न सक्ने अगुवा तपाईं बन्नुपर्दछ । उनीहरूले तपाईंमा परमेश्वरले दिनुभएको आत्मविश्वास देख्न आवश्यक छ । किनभने तपाईंलाई थाहा हुनु जरूरी छ, कि उहाँ परमेश्वर हुनुहुन्छ अनि उहाँ सधैं तपाईंका साथ रहनुहुन्छ ।
साहसी हुनु भनेको घमण्डी हुनु होइन, अथवा सब कुरा जान्ने–भन्ने पनि होइन । यसको अर्थ अरूलाई बेवास्ता गरी आप्mनै विचार लाद्नु पनि होइन । तर सत्यकुराको खोजी गर्दै र परमेश्वर अनि मानिसहरूद्वारा अगुवाइ खोज्ने अनि अगाडि बढ्ने साहस राख्नु हो ।
साहसीपन आत्मविश्वास हो । साहसीपन निडर हुनु हो । साहसीपन परिआएका खण्डमा एक्लै उभिने आँट गर्नु हो ।
वचनबाट पाठ
यहोशूलाई इस्रायलका सन्तानको अगुवा भएका बेला परमेश्वरले दिनुभएका निर्देशनहरू निम्नबमोजिम थिए :
“तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्नेछैन । जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु । मैले तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैन । बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता–पूर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस् । बलियो र अति साहसी हो । मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर् । त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहाँ गए पनि सफलता पाउनेछस् । व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस् । तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ ।”
(यहोशू १: ५–१०)
यहाँ साहस, निडर र आज्ञाकारिताको सूची हेर्नुहोस् त, कसरी यिनीहरू एकापसमा सम्बन्धित भई एक अगुवामा आउँदछन् ।
साहसीपनले अगुवमा परमेश्वरको उपस्थिति साथै उन्नति र सफलता पनि ल्याउँदछ ।
साहसीपनले अगुवालाई नैराश्य र डरबाट पनि बचाउँदछ ।
साहसीपनले हामीलाई परमेश्वरका प्रतिज्ञाहरू दाबी गर्न सहायता मिल्दछ ।
साहसीपनले असल अगुवालाई कसरी प्रभाव पार्दछ त ?
मानिसहरू यस्ता प्रभावकारी अगुवाहरू खोजिरहेका छन जो आफू को हुँ भनी जान्दछन्, आफू किन नेतृत्वमा छु र म कहाँ जाँदै छु र किन जाँदै छु भन्ने जान्दछन् । यस्तै अगुवाहरूलाई मानिसहरूले रूचाउँछन् । एक प्रभावकारी अगुवा जसमा साहस, विश्वस्तता, र निडर नेतृत्वशैली छ उसैलाई सबैले पछ्याउँछन् । यसर्थ ऊ आप्mनै विचार होइन, परमेश्वरलाई प्रभावशाली अगुवाका गुणहरु – ठ
पछ्याउँदै छु भन्ने कुरामा निश्चित हुनुपर्दछ ।
साहासी हुनुले परमेश्वरसँग समय बिताउने कुराको माग गर्दछ । वास्तवमा, “ऊ परमेश्वरसँग समय बिताउँदछ त्यसकारण ऊ साहसी छ ।” भनी मानिसहरूले उसलाई चिनेको हुनुपर्दछ ।
तिनीहरूले मोशाका बारेमा यस्तै नै भनेका थिए, र यहोशूलाई पनि । यही गुण तिनीहरूले पत्रुस र यूहन्नामा पनि देखे, (प्रेरित ४:१३) साधारण मानिसहरू, तर एकदम साहसी ! परिणामस्वरूप, तत्कालीन अधिकारीहरू छक्क परे र उनीहरूलाई थाहा भयो कि “तिनीहरू येशूसँग रहेका मानिसहरू थिए ।”
यदि हामी साँच्चै नै परमेश्वरका सेवक हुने हो भने, र उहाँको राज्य निमार्णमामा लाग्ने हो भने दैनिक रूपमा आइपर्ने डर र नैराश्यको सामना गर्न हामी साहसी हुनुपर्दछ । हामीले कदापि हिम्मत नहारौं !
साहसीपन छिटो फैलिने किसिमको हुन्छ । ज–जसले तपाईंसँग काम गर्दछन्, तिनीहरूले तिनीहरूको साहस तपाईंबाट पाउँदछन् ।
साहसीपन आकर्षक हुन्छ । मानिसहरू तपाईंको वरिपरि रहन रूचाउँदछन् किनभने तपार्इंबाट परमेश्वरमाथि भएको आत्मविश्वासको बतास बहन्छ, जुन मासिहरूले खोजिरहेका छन् ।
साहसीपन एक छनोट हो । परमेश्वरमाथि भरोसा राख्न छान्नुहोस्, आफैमाथि होइन ।
व्यावहारिक कदमहरू
१. आफ्नो सामर्थ्य कहाँबाट प्राप्त गर्ने भनी छान्नुहोस् । यो आफ्नै सीप र खुबीहरूबाट आउने हो कि ? अथवा आत्मविश्वास र परमेश्वरमाथिको भरोसाबाट आउने हो ? मैले धेरैजसो भन्ने गर्दछु कि मेरो सबभन्दा ठूलो सामथ्र्य नै परमेश्वरमाथिको भरोसा हो । तपाईंको सबभन्दा ठूलो सामथ्र्य के हो ? यसको जवाफले तपाईंलाई आफ्नो साहसीपनमा केन्द्रित रहने निर्णय गर्न सहयोग गर्दछ ।
२. आफ्ना डरका क्षेत्रहरू देखाइदिनुहोस् भनी परमेश्वरसँग प्रर्थना गर्नुहोस् र ती क्षेत्रहरू परमेश्वरलाई समर्पण गरिदिनुहोस् र सो गर्न उहाँको सहायता माग्नुहोस् । डरले सदैव तपाईंलाई अगाडि बढ्नबाट रोक्दछ । आफ्ना डरका क्षेत्रहरू पत्ता लगाउनुहोस् र परमेश्वरलाई जिम्मा दिनुहोस् ताकि तपाईं कठिन अवस्थाको सामना गर्दा पनि स्वतन्त्रताका साथ उहाँमा भरोसा राख्न सक्नुहुनेछ ।
३. अगाडि बढ्न सिक्नुहोस् । परमेश्वरमाथि भरोसा राख्नुहोस् । परमेश्वरमा भरोसा राखेर सकेजति राम्रो गर्नुहोस् । बाँकी उहाँका हातमा छाडिदिनुहोस् । एक प्रभावकारी अगुवाले आवश्यक परेको खण्डमा अग्रसरता देखाउनुपर्दछ । उसलाई सबैकुराको जवाफ नआउला, वा सम्पूर्ण योजनाहरू पनि थाहा नहोलान्, तर पनि आफूलाई जति थाहा छ त्यस मुताबिक काम गर्नुपर्दछ र बाँकी कुराहरू परमेश्वरको भरोसा गरी उहाँका हातमा छोडिदिनुपर्छ । आवश्यक परेका खण्डमा कुनै घमण्ड र डर बिना नै आफ्नो निर्णय परिवर्तन गर्न सक्नुपर्दछ, किनकि उसले आफ्नो परमेश्वरको अगुवाइमा उहाँकै राज्य निर्माण गरिरहेकोहुन्छ ।
प्रभावकारी अगुवाको छनौटचाहिँ यही हो – परमेश्वरको राज्य निर्माण गर्ने कि आफ्नै ?