अगुवापनले असल चरित्रको माग गर्दछ
(रस क्लाइन र रन क्लाइन द्वारा लिखित, साथै नेपालीमा अनुवादन र सम्पादन सुबास प्रधान साथमा पौलस पाण्डे)
“हे परमेश्वर, म एक चरित्रवान् प्रभावकारी अगुवा बन्न चाहन्छु । मलाई यस गुणको निम्ति प्रयत्नशील बन्न साहस दिनुहोस् ।” किन कोही अगुवाहरू आफूलाई पछ्याउनेहरूसँग धनिष्ट हुन्छन् ?
किन कोही अगुवाहरू आफूले सेवा गर्ने व्यक्तिहरूसित राम्रोसँग सहकार्य गर्छन र सङ्गतिमा रहन्छन् ?
त्यस्तो इमान्दारिता, भरोसा र खुल्लापन उत्प्रेरित गर्ने नेतृत्वको गुण के होला ?
परिस्थिति अनुसार रूप बदल्ने वा आफ्नो स्वार्थ पूरा गर्न नीतिनियमहरू हेरफेर गर्ने अगुवाहरूदेखि मानिसहरू त्यति प्रभावित हुँदैनन् । तथ्यलाई दबाउने वा सत्यलाई बढाइचढाइ गरी आफ्नो व्यतिmगत लाभ प्राप्ति गर्ने अगुवादेखि मानिसहरू प्रभावित हुँदैनन् ।
मानिसहरू यस्ता अगुवाको खोजीमा छन् जो चरित्रवान् र भरोसायोग्य छन् ।
वास्तवमा, कति व्यक्तिहरू असल चरित्र नै अगुवापनको अति महइभ्वपूर्ण गुण हो भन्ने मान्यता राख्दछन् ।
नेतृत्वले असल चरित्रको माग गर्दछ ।
कसैले नदेख्ने अवस्थामा तपाईं कस्तो व्यवहार गर्नुहुन्छ ?
एक प्रभावकारी ख्रीष्टियन अगुवामा हुने चरित्रका वर्णन गर्ने शब्दहरूः ईश्वरीयपन, धार्मिकता र ख्रीष्टरूप–समान हुन् ।
एक चरित्रवान् अगुवाले निरन्तर रूपमा यी दुई प्रश्नहरू गरिरहन्छ : “येशूले के गर्नुहुन्थ्यो होला ?” र “येशूले के गर्नु हुँदैनथ्यो होला ?”
वचनबाट पाठ
हे मेरा छोरा ! यदि तैंले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने, बुद्धिका कुराहरू सुन्ने गरिस् र तेरो हृदयलाई समझशतिmतिर लागाइस् भने, अन्तर्दृष्टिका लागि पुकार गरिस् र समझशक्ति पाउनलाई चर्कोस्वरले पुकारिस् भने, यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस् र गाडधनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस् । किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन् । उहाँले इमान्दारका लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ, किनभने उहाँले न्यायमार्गको रक्षा गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ । तब ठीक, न्यायसङ्गत र उचित के हो– साथै हरेक असल मार्ग के हो तैंले बुभ्mनेछस् । किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणका लागि आनन्ददायक हुनेछ । विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ । (हितोपदेश २:२–११)
माथिका पदको आधारमा व्यक्तिको जीवनमा देखिने चरित्रहरूमा गोलो चिन्ह लगाउनुहोस् ।
परमेश्वरको भय र परमेश्वरको ज्ञानमा के भिन्नता छ ?
बुद्धि, ज्ञान र समझशक्तिमा के भिन्नता छ ?
निर्दोष भएर कसरी हिँड्न सकिन्छ ?
असल चरित्रले असल अगुवालाई कसरी प्रभाव पार्दछ ?
‘भरोसा’ असल अगुवामा हुनुपर्ने महत्वपूर्ण पक्ष हो । यसले एक अगुवाको सबै सम्बन्धहरूमा असर पार्दछ ।
सहकर्मीहरूले आफ्ना अगुवाको निर्णय र निर्देशनहरू संस्थाको उद्देश्य र हितमा छ भनी भरोसा राख्न सक्नुपर्दछ ।
बाह्य साझेदार संस्थाहरूले वा आफ्ना सहयोगी संस्थाका अगुवाले व्यक्तिगत गौरवको खोजी, वा तिनीहरूबीच प्रतिस्पर्धाको आत्मा छैन भनी जान्नु आवश्यक छ । हरसमय एकापसमा भरोसा हुनुपर्दछ । किनभने सेवकाइमा हाम्रो हातेमालो र सहयोगलाई नाश गर्न हाम्रो शत्रुले मौका पर्खिरहेको हुन्छ ।
दाताहरूले पनि प्राप्त गरेको प्रतिवेदनमा, उनीहरूले जे गर्छौ भनी भनेका छन् सो गर्नेछन् भनी अगुवाहरूमाथि भरोसा गर्न सक्ने हुनुपर्छ ।
‘नम्रता’, चरित्रको अर्को महत्वपूर्ण पक्ष हो । अगुवापन एक भरोसा हो, यो विशिष्ट अवसर हो । हामीले कहिल्यै पनि नेतृत्व गर्ने ‘हक’ कमाउँदैनौ । यो त हामीलाई पछ्याउनेहरूले हामीमा सुम्पिएको एक अवसर हो ।
यदि पछ्याउनेहरूले हामीलाई नपछ्याउने हो भने, हामी अगुवाइ गर्न सक्दैनौं । हामी त्यति बेला मात्र अगुवाइ गर्नसक्छौं जति बेला हामीलाई अगुवाइ गर्न हक दिइएको हुन्छ ।
‘इमान्दारिता’, आफू र आफूसँग काम गर्नेहरूसित रहने चरित्रको तेस्रो खुट्टा हो । यस्ता धेरै कुराहरू छन् जो हामीलाई थाहा छैन, र थाहा छैन भनी स्वीकार गर्नुमा र सहकर्मीसँग नै मिलेर त्यसको उत्तर पत्तालगाउन कोसिस गर्नु नराम्रो कुरा होइन ।
असल च्रित्रबिना व्यक्तिगत हितका लागि एक प्रभावकारी अगुवा काम गर्न खोज्दा आपैmलाई प्रभावहीन पाउँदछ ।
व्यावहारिक कदमहरू
१. उहाँको वचन र आज्ञा “तपाईंको मनभित्र राख्नुहोस्” (पद १)
यदि हामीमा परमेश्वरको वचन छैन भने, उहाँका आज्ञाहरू पनि हामीमा हुँदैनन् । अनि उहाँका आज्ञाहरू छैनन् भने, उहाँका प्रतिज्ञाहरू पनि हामीमा हुँदैनन् । त्यसैले उहाँको वचन आफ्नो जीवनमा राख्नेकाम कसरी गर्दै हुनुहुन्छ ?
उहाँका विरूद्धमा पाप नगरूँ भनी के उहाँको वचन आफ्नो हृदयमा राख्नुभएको छ ? आउने हप्ता एउटा पद कण्ठ गर्र्ने कोसिस गर्नुहोस् । शुरू यसै कामदेखि गर्नुहोस् ।
२. “हरेक असल मार्ग” छान्नुहोस् (पद ९)
असल मार्ग छान्नु… यो दैनिक रूपमा गर्ने निर्णय र समर्पणता हो । सेवकाइलाई खुम्च्याउने र भताभुङ्ग पार्ने धेरै अवसरहरू आउँछन् । ‘घमण्ड’ र ‘त्रास’ का बीच हामीलाई छनोट गर्ने मौकाहरू आउँदछन् । हरसमय होशियार रहनुहोस् । झट्ट हेर्दा राम्रो देखिँदैमा राम्रै हुन्छ भन्ने छैन ।
३. तपाईंलाई परमेश्वरले ‘हेरचाहा र रक्षा’ गर्नदिनुहोस् । (पद ११)
म आपैm एक्लैले यो कार्य गर्न सक्छु भनी नसोच्नुहोस् । परमेश्वरमा धैर्य भई पर्खन सिक्नुहोस् र उहाँ नै तपाईंको अगुवा र रक्षक हुनुभएको होओस् । प्रार्थनाका लागि अनुरोध गर्नुहोस् । बुद्धिका लागि प्रार्थना गर्नुहोस् । मद्दतका लागि प्रार्थना गर्नुहोस् ।