धन्यबाद
जव म कतारको दोहा यरपोर्टमा खाना खान बसें, रामन नुडल सुप र भात थियो मेरो मेनु ।
लामो यात्राको थकान, निकै मिठो भयो । मैले खान लिएँ र यौटा टेबल भेट्याएर बसी, परमेश्वरलाइ धन्यबाद दिन थालें, कति धेरै धन्यबाद दिनु पर्ने कुराहरू थिए:
मेरो सुरक्षित उडानको लागि धन्यबाद, यो मिठो खानाको लागि धन्यबाद, यो कतारको हमाद यरपोर्टको इन्जिनियरहरूको लागि धन्यबाद, कतार देशको निम्ति धन्यबाद, यो यरपोर्ट भित्र यो खान बनाउने मानिसहरूको निम्ति धन्यबाद, यी विभिन्न् खाने कुराहरू उत्पादन गर्ने किसानहरूको निम्ति धन्यबाद, मेरो परिवार, श्रीमती र नानीहरूको निम्ति धन्यबाद, मेरो स्वास्थ्यको लागि धन्यबाद ।
हरेककुराहरू केवल क्षणिक आशिषहरूमात्र हून र सबै आशिषहरू निरन्तर रहनुहुने र हामीलाईमायाँ गर्नुहुने परमेश्वर द्वारा हाम्रो जीवनको निम्ति दिईएका, जुटाईएका र चाँजो मिलाइएका कुराहरू हुन्। हामी धन्यबादि बन्न सक्ने धेरै कारणहरू छन् । धन्यबादी पन आशिषहरू गनेर बृद्दीहुन्छ, र जति आशिष गन्न सक्छौं त्यत्तिनै धन्यबादी बन्न सक्छौं ।
गनगन, निरास, खिन्नता, र खल्लोपनको बाबजुतपनि ति कुरामाथि पाउने बिजयतिर अगीबढ्ने खुड्किलो धन्यबाद बाटै शुरू हुन्छ ।
के तपाईं केहि कुराहरूसंग संघर्ष गर्दै, आफुमा भएको ऊर्जा पनि कमि हुँदै गएको महसुस गर्दै हुनुहुन्छ? के त्यो परिस्थिमाथि आफु बलियो हुन चाहनुहुन्छ? त्यसो हो भने, अहिले नै आशिष गन्न थाल्नुहोस, नभएका भन्दा भएका कुराहरू गन्न शुरू गर्नुहोस। हारेका भन्दा जितेका कुराहरू गन्न शुरू गर्नुहोस। नपाएका भन्दा पाएका कुराहरू गन्न शुरू गर्नुहोस। फेल भएका भन्दा पास भएका कुराहरू गन्न शुरू गर्नुहोस। रोगी भन्दा स्वास्थ्य अङ्गहरू गन्न थाल्नुहोस् । शत्रु भन्दा मित्रहरू गन्न थाल्नुहोस । नचिनेका भन्दा चिनजानका समन्धहरू गन्न थाल्नुहोस।
यदि तपाईं स्वच्छ अक्सिजन लिनु हुँदै छ भने निरन्तर रूपमा हामीलाई प्रेम गरि निशुल्क अक्सिजन उत्पादन गर्ने बनस्पतिहरू सिर्जना गरिदिनुहुने परमेश्वरलाई धन्यबाद दिनुहोस !
तपाईंलाई थाहा छ गनगन गर्ने भन्दा धन्यबादी, खुशी र आनन्दित ब्यक्तिहरू लामो समय र बढी स्वास्थ्यसंग बाँच्न पाउँछन? यदि आनन्दित बन्न इच्छा गर्नुहुन्छ तर संघर्ष गर्दै हुनुहुन्छ भने आजनै पवित्र आत्मालाई आफ्नो हृदयमा काम गर्न दिनुहोस, अनि स्वत आनन्दित शान्तिको महसुस बर्नुहुने छ !
आउनुहोस हार भन्दा जितलाई गनौं, गनगने होइन धन्यबादी बनौँ ।
धन्यबादी आत्मा फैलाऔं ।