खुशीको खबर !!! बाइबल प्रोजेक्टका भिडियो र पोस्टरहरू अब सबै उपलब्ध भएका छन्
लामो समय देखि पर्खाइमा रहेका बाइबल प्रोजेक्टका सृजनात्मक, कलात्मक पोस्टर साथै एनिमेसन युक्त सम्पूर्ण भिडियोहरू अब नेपाली भाषामा उपलब्ध छन्
बाइबल प्रोजेक्ट नेपालीले पुरानो करार र नयाँ करारका रूपरेखा (Overview) सम्पूर्ण भिडियो र पोस्टरहरू निःशुल्क डाउनलोड गर्न मिल्ने गरि आफ्नो पेजमा उपलब्ध गराएको छ । यो लिङ्क् मा क्लिक गरेर तपाई त्यो पेजमा जान सक्नुहुन्छ। ( https://bibleproject.com/locale/downloads/nep/ )
यी भिडियोहरू र पोस्टरहरू शुरुमा बाइबल प्रोजेक्ट अमेरिकाको स्टुडियोमा अंग्रेजी भाषामा तयारी भई धेरै उपयोगी भएको हुनाले नेपाली लगाएत अन्य भाषाहरूमा पनि उपलब्ध गराउन सके धेरै भन्दा धेरै बाइबल अध्ययन गर्ने विद्यार्थीरूले धेरै आशिष पाउन सक्ने थिए भनेर हाल नेपाली भाषामा पनि उपलब्ध भएका छन् यी सामग्रीहरू नेपाली मा तयार पार्न, ट्रांस्लेसन, सम्पादन, अडियो भोइस रेकर्ड, अडियो सम्पादन, भिडियो एनीमेसन मा नेपालका प्रोफेसनल ट्रांस्लेटरहरू, आवाज दिने कलाकारहरू, र रेकर्डिस्ट र नयाँ दिल्ली भारतबाट ग्राफिक आर्टिस्ट र एनिमेसन कर्ताहरूले राम्रो मेहनत गरेर अति राम्रो गुणस्तरीय भिडियो र पोस्टरहरू उपलब्ध भएका छन् । भिडियोहरू YouTube च्यानलमा पनि उपलब्ध छन् । (https://www.youtube.com/@BibleProjectNepali/about)